यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै : व्यवस्थापन संकायका मात्रै ४३ हजार बढी

  • बिहीबार २२ असो २०८३ ११:२४ AM
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस बैठकले ६४औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो । त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीका अनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट