‘रेलको बाटो’का गायक सुरजको 'उठ जनता’ गीत सार्वजनिक

काठमाडौँ - गायक सुरज पण्डित, कर्ण विद्रोही, प्रतिमा केसी र शारदा लिम्बूको स्वरमा ‘अब उठ जनता’बोलको गीत सार्वजनिक भएको छ । गीत गायक सुरजकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रतिमा अधिकारी (उर्जा)को शब्द रहेको गीतमा गायक सुरजले संगीत भरेका छन्। गीतमा केशव बडुको संगीत संयोजन छ ।

गीत आचार्य गोपालको निर्देशन, प्रशान्त योगीको छायांकन र दिवस धितालको सम्पादनमा बनेको छ । गीतको भिडियोमा सीमाना विवाद, नेपाली भूमि भारतले मिचेको प्रसंग, सहकारी पीडितको आवाजलाई उठाउन खोजिएको छ ।

गीतमा देशमा भइरहेको भष्टाचार र सामाजिक व्यथितिविरुद्ध सबै जनतालाई एकजुट हुन आग्रह गरिएको छ । गायक सुरजका यसअघिका ‘रेलको बाटो’, ‘रेलको बाटो २ सिंहदरबार’, ‘मिरा’लगायत गीत निकै चर्चित छ ।

 

link :https://youtu.be/Tab69CPe4yc