प्रतिपक्षी दलले प्रश्न उठाउने बित्तिकै राजीनामा दिनुपर्ने हो ?

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिबारे संसदलाई आफूले प्रष्ट पार्न नपाई प्रतिपक्षी दलले संसद अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो अभिव्यक्तिबारे प्रष्ट पार्दै प्रतिपक्षी दलले आफूले स्पष्टीकरणसमेत दिन नपाई संसद अवरूद्व गर्दै राजीनामा माग गरिएकोमा आपत्ति जनाएका हुन् । प्रचण्डले ‘प्रतिपक्षी दलले प्रश्न उठाउने बित्तिकै राजीनामा दिनुपर्ने हो ?’ भन्दै प्रश्न समेत गरे ।