अमेरिकामा पढ्दै गर्दा काम गर्न १ करोड रूपैयाँ तिर्नुपर्ने

  • बिहीबार २२ असो २०८३ १०:५५ AM
काठमाडौं : अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरूका लागि पढाइसँगै काम गर्नु अब निकै महँगो पर्न सक्ने देखिएको छ। ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सञ्चालित ‘अप्शनल प्राक्टिकल ट्रेनिङ’ (ओपीटी) कार्यक्रममा सहभागी हुनका लागि भारी मात्रामा शुल्क निर्धारण गर्ने प्रस्ताव अघि सारेको छ। यद्यपि, यो रकम विद्यार्थीहरूसँग सोझै नउठाएर सम्बन्धित कलेज वा विश्वविद्यालयबाट असुल गरिनेछ। गृह सुरक्षा विभागले विदेशी विद्यार्थीका लागि ओपीटी कार्यक्रममा सुरुआती आवेदन गर्दा ७०,००० अमेरिकी डलर (करिब १ करोड ८ लाख नेपाली रुपैयाँ) को भारी भरकम शुल्क लगाउने प्रस्ताव गरेको छ। ओपीटी कार्यक्रममा दर्ता हुने हरेक नयाँ विद्यार्थीका लागि सम्बन्धित शिक्षण ... The post अमेरिकामा पढ्दै गर्दा काम गर्न १ करोड रूपैयाँ तिर्नुपर्ने appeared first on Kalika Khabar.