संसद बैठक जारी (लाइभ)

काठमाण्डौँ - सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै दिएको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले संसदमा प्रष्टीकरण दिन लागेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामा मागेर संसद अवरोध गरेको थियो ।

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले स्पष्टीकरण दिने भएपछि सोमबारको बैठकमा अवरोध हटाउन एमाले तयार भएको हो ।

https://www.youtube.com/watch?v=5rzatlsEdLA