लोकतन्त्र कस्तो हुनुपर्छ ? के गर्न सक्नुपर्छ ?

  • बिहीबार २२ असो २०८३ १०:२४ AM
नेपालको लोकतान्त्रिक इतिहास केबल शासन परिवर्तनको कथा होइन, यो नेपाली जनताको स्वतन्त्रता, सम्मान, अधिकार र सुन्दर भविष्यको खोजीमा गरिएको निरन्तर यात्राको कथा हो । विक्रम संवत् २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म आइपुग्दा नेपाली जनताले पटक–पटक इतिहासको दिशा परिवर्तन गरेका छन् । प्रत्येक आन्दोलनले एउटा नयाँ ढोका खोलेको छ,