काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गर्ने कोशिश भइरहेको बताएका छन्।बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरूको स्वार्थ पूरा हुन नदिने दावी गरे । उनले कांग्रेसको इतिहास,विधान र स्थापित परम्परा विपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिए।गल्ती गर्नेहरूलाई ढाकछोप गर्ने वा झन् प्रोत्साहन गर्ने परिपाटी गलत भएको भन्दै उनले बेथिति र गल्तील