काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय फेरि सारिएको छ। अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार केही प्राविधिक समस्या तथा तयारी पूरा नभएका कारण मतदानको समय सारिएको हो। मतदानको समय चौथोपटक सारिएको हो। यसअघि बुधबार मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो।