गगन आलोचना सुन्छन्, सुध्रिने बाचा गर्छन्, केपी विरोधीको मुख थुन्छन्, असहमतिलाई निषेध गर्छन्

  • बिहीबार २२ असो २०८३ ११:१० AM
काठमाण्डु- गत वर्ष भदौ २३-२४ को जनविद्रोह र फागुन २१ को संसदीय निर्वाचनको धक्कापछि दुई पुराना दलले फरक राजनीतिक बाटो समातेका छन्। सबैभन्दा पुरानो दल नेपाली कांग्रेसलाई गगनकुमार थापाले पुनर्संचनासहित बदल्दैछन् । उनी गल्ती स्वीकार्दै कांग्रेस बदल्ने अभियानमा छन्। उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा आफ्नो नेतृत्वको अक्षमतामाथि उठेका प्रश्नलाई अनुशासनका नाममा घेरा बन्दी गर्दैछन्।