अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकलाई एक महिनाको अल्टिमेटम, सम्पर्कमा नआए सिआईबी पठाउने तयारी

  • बिहीबार २२ असो २०८३ १०:२८ AM
काठमाडौं । सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ । बिहीवार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले अध्ययन बिदा लिएर