काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ । बैंकले इन्फोसिस फिनेकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो । बैंकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘रिइन्भेन्टिङ कस्टुमर अनबोर्डिङ’मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो । इन्फोसिस फिनेकल इनोभेसन अवार्ड्सले बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ ... The post माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत appeared first on Kalika Khabar.