१० लाख घुससहित पक्राउ परेका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • बिहीबार २२ असो २०८३ ०४:०१ PM
काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजार,३ नम्बर नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले वलीविरुद्ध बिहीबार विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरेको हो।वलीविरुद्ध १० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय,मनमैजु,काठमा