चाडपर्व सुरक्षाका लागि देशभर २८ हजार सशस्त्र प्रहरी परिचालन, सीमानामा कडा निगरानी

  • बिहीबार २२ असो २०८३ ०९:१९ AM
काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। असोज २२ गतेदेखि लागू योजनाअन्तर्गत सीमा सुरक्षा, नागरिक तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, विपद् व्यवस्थापन र आपत्कालीन उद्धारलाई प्राथमिकता दिइएको छ। योजनाअनुसार २८ हजार १ सय २६ सशस्त्र प्रहरी परिचालन गरिएको छ भने थप ४