पूर्वपतिको नाम जोडेर प्रश्न गर्दा रिसाइन् एलिना, भनिन्- ‘त्यसको नाम नलिनुस्, मलाई बाँच्न दिनुस्’

  • बिहीबार २२ असो २०८३ ०९:३७ AM
काठमाण्डु- गायिका एलिना चौहान पूर्वपतिको विषयमा प्रश्न सोधिएपछि पत्रकारसँग आक्रोशित भएकी छन्। बिहीबार आफ्नै व्यवसाय रमणीलाई नयाँ ठाउँमा सारिएपछिको कार्यक्रममा पत्रकारले पूर्वपतिको नाम जोडेर प्रश्न गरेपछि उनले असन्तुष्टि जनाउँदै व्यक्तिगत जीवनसँग जोडिएका पुराना विषय नकोट्याउन आग्रह गरेकी हुन्। ‘त्यसको नाम नलिनु, त्यसको नाम लिनुपर्ने के काम छ यहाँ ? तपाईँहरूले मलाई कहिले सुख नदिने ?