उपेन्द्रको नयाँ कार्यदिशा : सत्ताका लागि अप्राकृतिक गठबन्धन नगर्ने, नेतामुखी होइन, कार्यकर्तामुखी राजनीति

  • बिहीबार २२ असो २०८३ ०९:४५ AM
काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी पराजयबाट पाठ सिक्दै पार्टीको राजनीतिक कार्यदिशा, नेतृत्व शैली र संगठनात्मक संरचनामा व्यापक सुधार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। ललितपुरस्थित ज्यापू सभा हलमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यादवले परम्परागत राजनीतिक दलप्रति जनताको असन्तुष्टि बढिरहेको निष्कर्ष निकाल्दै पार्टीभित्र निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।