सुदन किराती भोजपुर पुग्दा खतिवडा र राईसहित चार सयभन्दा बढीले रोजे श्रम संस्कृति पार्टी

  • बिहीबार २२ असो २०८३ १०:०२ AM
भोजपुर– श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती पार्टीमा प्रवेश गरेपछि पहिलोपटक आफ्नो गृहजिल्ला भोजपुर पुगेका छन्। बिहीबार जिल्ला पार्टीले आयोजना गरेको ‘हातेमालो कार्यक्रम’मा सहभागी किरातीले विभिन्न राजनीतिक दलका ४ सयभन्दा बढी नेता–कार्यकर्तालाई श्रम संस्कृति पार्टीमा प्रवेश गराएका छन्। पार्टी प्रवेश गर्नेमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनयुद्धकालीन भोजपुरका चर्चित नेता राजेश खतिवडा, पार्टीकी