काठमाण्डु– गृहमन्त्री सुदन गुरुङ र नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच विपद् प्रतिकार्यका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य तथा गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता अमेरिकी र नेपाली नागरिकको पहिचानका लागि भइरहेका प्रयासबारे छलफल भएको अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी