ठेगाना सोध्दै लुटपाट, सवारी फेर्दै फरार : ‘माझी गिरोह’ प्रहरीको फन्दामा

  • बिहीबार २२ असो २०८३ ०९:२९ AM
काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुराकीका आधारमा सञ्चालन गरेको अप्रेसनका क्रममा गिरोहका मुख्य नाइके सिन्धुली मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझीसहित तीन जनालाई