काठमाडौं । राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहणपछि बिहीबार नै समितिको पहिलो बैठक बसेको छ । बैठकमा सभापति