काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवार तथा डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशी मत माग्न निर्वाचन स्थलमा सक्रिय भएका छन । निर्वाचन समितिले बिहिबार बिहान १० बजेका लागि तय गरेको मतदान समय दिउँसो १ बजेदेखि सुरु हुने जानकारी गराएसँगै जोशी मतदातामाझ पुगेका हुन । कांग्रेसको मतदान स्थलमा विभिन्न पदका उम्मेदवारहरू आ–आफ्नो पक्षमा मत माग्दै सक्रिय छन । जोशीले सुदूरपश्चिम प्रदेश युवातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन । उनले पार्टी संगठनमा भुइँ तहदेखि काम गरेको अनुभवलाई केन्द्रीय भूमिकामा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन । ... The post मतदान सुरु हुँदै गर्दा मत माग्न मैदानमा उत्रिए परशुरामका मेयर जोशी appeared first on Kalika Khabar.