काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट दुई जना पक्राउ परेका छन्। त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ जमुनी बजारबाट दुई, मोरङको विराटनगर महानगरपालिका–११ अल्का मार्गबाट तीन, कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरबाट एक, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ अमाहाचोकबाट एक र बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट तीन, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ सागरपथबाट दुई तथा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ बाट दुई जना ... The post लागुऔषधसहित २५ जना पक्राउ appeared first on Kalika Khabar.