भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जना पक्राउ

  • बिहीबार २२ असो २०८३ ०३:०१ PM
विराटनगर : मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बू रहेका छन्। उनलाई बिहीबार बिहान करिब ९ बजे भरुवा बन्दुकसहित पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। डीएसपी मिश्रका अनुसार लिम्बूले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्री–वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङको टोलीले उ