काठमाडौं- एघार वर्षको अन्तरालपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्किँदा नेताहरूको आशन पनि फेरिएको छ। बिहीबार केन्द्रीय कार्यालय च्यासलमा सुरू स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ नेताको शपथ लिएसँगै आशन पनि फेरिएको हो । नयाँ आशनअनुसार अध्यक्ष ओलीको दायाँबायाँ वरिष्ठ नेता भण्डारी र उपाध्यक्ष रामबहादुर थापा बादललाई राखिएको छ। बादल पछिल्लो समय ओलीका अचुक विश्वासपात्र