सरकारी कार्यालयको बिजुली महसुल अब डिजिटल माध्यमबाटै तिरिने

  • बिहीबार २२ असो २०८३ ०८:३७ AM
सरकारी कार्यालयहरूले उपभोग गर्दै आएको विद्युतको महसुल अब अनलाइन तथा विद्युतीय (डिजिटल) माध्यमबाट सोझै भुक्तानी गर्न सकिने भएको छ। यसका लागि नेपाल विद्युत प्राधिकरण र महालेखा नियन्त्रक कार्यालयबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ। महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्तीय व्यवस्थापन सेवा र नेपाल विद्युत प्राधिकरणको संस्थागत ग्राहक भुक्तानी प्रणालीबिच प्राविधिक अन्तरआबद्धता (इन्टीग्रेशन) कायम गरिएसँगै यो व्यवस्था