प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मिडिया ब्रिफिङमार्फत दसैं, तिहार, छठलगायतका चाडपर्वमा हुने कालोबजारी र मूल्य नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र पार्ने निर्णय सार्वजनिक गरेको छ। सरकारले चाडपर्वको मौका छोपेर कालोबजारी र मूल्यवृद्धि गर्ने प्रवृत्तिलाई निरुत्साहित तुल्याउने एवं एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित व्यावसायिक क्रियाकलाप गर्ने व्यवसायीलाई निर्मम भएर कारबाही गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ।उपभोक्तावाद एक सामाजिक र आर्थिक व्यवस्था हो, जसले वस्तु तथा सेवाका क्षे