विराटनगर : चाडपर्व नजिकिएसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा २९ वटा फर्म कारबाहीमा परेका छन् ।बिल–बिजकबिनै भण्डारण गरिएको ५४० किलो सुपारी बरामद हुनुका साथै तीनवटा औषधि पसलमा सिलबन्दी गरिएको छ । बजार अनुगमनका क्रममा भिसाको दुरुपयोग गरेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा असोज ९ गतेदेखि विराटनगर महानगरपालिका तथा आसपासका स्थानमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा ७४ वटा फर्मको न