काठमाण्डु – फ्रान्समा दशकौँयताकै ठूलो विद्यार्थी आन्दोलन नियन्त्रणमा लिन सरकारलाई कठिन भइरहेको छ । राजधानी पेरिसको उत्तरतर्फ रहेको एक उपनगरीय माध्यमिक विद्यालयमा शिक्षकहरूको हडतालको समर्थनमा सुरु भएको प्रदर्शन अहिले राष्ट्रिय संकटमा परिणत भएको छ । पछिल्ला केही सातामा सयौँ विद्यालय बन्द गर्नुपरेको छ भने ६ हजारभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये अधिकांश