११ वर्षपछि वरिष्ठ नेताका रूपमा एमाले बैठकमा सहभागी हुँदै विद्या भण्डारी

  • बिहीबार २२ असो २०८३ ०७:४६ AM
काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासल पुगेकी छन्। ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा भण्डारी पार्टीको बैठकमा सहभागी हुन लागेकी हुन्। गत असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई दोस्रो वरीयता दिएर