काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रममार्फत औपचारिक रूपमा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा अवार्ड्सको उद्घाटन गरिएको हो । कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।