नेपाल-अमेरिका व्यवसायीबीच बौद्धिक सम्पत्ति संरक्षणबारे छलफल

  • बिहीबार २२ असो २०८३ ०८:१३ AM
काठमाडौं । नेपालमा बौद्धिक सम्पत्ति संरक्षण र व्यवसायिक विश्वासको वातावरण निर्माणबारे नेपाल–अमेरिका व्यवसायीबीच छलफल भएको छ । नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग गत मंगलबार व्यवसायिक छलफल आयोजना गरिएको हो । कार्यक्रममा अमेरिकी वाणिज्य संघका सदस्य कम्पनीका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यवसायी सहभागी भएका थिए