नेकपा एमालेको संसदीय दलको बैठक सुरु 

काठमाडौँ - नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरूले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बसेको हो । 
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने  बताए । 

संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदै छ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।