गृहबाट १७ उपसचिव बाहिरिए, ६ जना भित्रिए, दुई जना नगरपालिकामा प्रशासकीय प्रमुख (सूची)

  • बिहीबार २२ असो २०८३ १२:०९ PM
काठमाडौँ । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा गरेको हो । सरुवामा गृह मन्त्रालयमा कार्यरत १७ जना उपसचिव बाहिरिएका छन् । उनीहरूलाई गृह मन्त्रालयबाट सरुवा गरी विभिन्न निकायमा पठाइएको छ । यस्तै, विभिन्न निकायमा कार्यरत ६ जना उपसचिवलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यससँगै गृह मन्त्रालयबाट सरुवा भएका उपसचिवको सङ्ख्या भित्रिएका भन्दा ११ जना बढी भएको छ । मन्त्रालयले सरुवासँगै सात जना उपसचिवलाई विभिन्न जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारीको जिम्मेवारीमा खटाएको छ । दुई जना उपसचिवलाई भने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । काशीराम गैरेलाई भक्तपुरको चाँगुनारायण नगरपालिका र थम्मनसिंह गौतमलाई स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ । मन्त्रालयले गरेको सरुवासँगै सङ्घीय निजामती सेवाका उपसचिवलाई गृह प्रशासन, जिल्ला समन्वय समिति तथा स्थानीय तहमा नयाँ जिम्मेवारी दिइएको हो ।