दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमुक्त हुँदै, चुनाव प्रचार गर्न पाउने

काठमाण्डौँ - भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो । उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

मदिरासम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी आपका नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेलमुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।