नेकपा एमालेद्धारा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

 काठमाडौँ - नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार एमालेले विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिए । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि फरार छन् ।