शीर्ष नेता बोल्ने कुरामा कांग्रेस असहमत !

 काठमाण्डौँ - सभामुख देवराज घिमिरेले दुई चरणमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आजबाट सुरु हुने बजेट अधिवेशनअघि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिसँग छलफल गरेका हुन् । 

यसअघिदेखि नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ माग गर्दै संसदीय छानबिन समिति पनि बनाउनुपर्ने माग राख्दै आएको थियो ।

कांग्रेसले आजै बसेको संसदीय दलको बैठकबाट गृहमनत्री लामिछानेलाई संसद्मा बोल्ने निर्णय पनि गरेको थियो।