गृहमन्त्री श्रेष्ठ गर्जिए-'निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई ज्यानजाला छोड्दिँन'

 काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताएका छन् ।  

देशमा थुप्रै समस्या रहेको र किमसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्दै कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफूपछि नहट्ने बताए । काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   

खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उल्लेख गरे ।