जेनजी आन्दोलनमा ध्वस्त प्रदेशसभाको सम्पत्ति मिनाहा गर्ने कोशी सरकारको निर्णय

  • बिहीबार २२ असो २०८३ ०१:०१ PM
विराटनगर : जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेशसभा सचिवालयको अचल सम्पत्ति अब मिनाहा हुने भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभा सचिवालयका नष्ट भएका अचल सम्पत्ति मिनाहा गर्ने निर्णय लिएको हो ।जेनजी आन्दोलनका क्रममा आपराधिक समूहको २०८२ भदौ २४ गतेको आगजनी र तोडफोडबाट प्रदेशसभा सचिवालयमा ठूलो क्षति पुगेको थियो । आन्दोलनको आवरणमा भएको उक्त घटनाबाट क्षति पुगेका अचल सम्पत्तिको विवरण र अवस्थाका आधारमा मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठि