टोपबहादुर रायमाझी आफैं गिरफ्तारी दिने तयारीमा

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफैं गिरफ्तारी दिने तयारी गरिरहेका छन्।

स्रोतका अनुसार यही प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि रायमाझी दबाबमा छन्। उनले आजै गिरफ्तारी दिन सक्ने स्रोतको दावी छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा रायमाझीको संलग्नता हुन सक्ने देखिएपछि प्रहरीले उनीविरुद्ध बैशाख २० मै पक्राउ पुर्जी जारी गरिसकेको छ।