मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

  • बिहीबार २२ असो २०८३ ०६:०५ AM
बागलुङ : पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान गुमाउनेलाई रु एक एक लाखका दरले परिवारलाई नगद राहत उपलब्ध गराएको हो । गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । यही असोज दोस्रो साताको पहिरोमा परि ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष विक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडाध्यक्षसहितको टोली पीडितको घरमा नै पुगेर राहत रकम प्रदान गरेको हो । गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित ... The post मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत appeared first on Kalika Khabar.