रवि लामिछानेको प्रश्न- एउटै फाइलले ज्वरो निकाल्यो ?

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको बताएका छन् ।
उनले शीर्ष नेताहरूको तीव्र भेटघाटले अनुसन्धान फितलो बन्दै गएको उल्लेख गरेका छन् ।  

उनले भनेका छन्, ‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार गराइएका अझै सम्पर्क विहीन, नाम आएकाहरुमाथिको अनुसन्धान फितलो खबरदार  यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त  ? एउटा तोप पड्काउन यत्रो सकस ’

लामिछानेले अनुसन्धानको लहरो ठूला नेता र उनीहरूका सन्तानतर्फ अगाडि बढेपनि त्यतिकै छाडिए हेरे नबस्ने चेतावनी दिएका छन् ।