प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६८ अंकले बढ्यो

  • बिहीबार २२ असो २०८३ १२:०१ PM
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.६८ अंकले बढेर २५७४.०३ विन्दुमा अडिएको छ।यो समयमा ५२ वटा स्क्रिप्सको ४ हजार ९०९ कित्ता सेयर ३४ लाख ७५ हजार ८३२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।