चौताराले थाल्यो खाद्यान्न ढुवानी गर्ने सवारी साधनको जाँच

  • बिहीबार २२ असो २०८३ १२:०१ PM
सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिकाले नगर क्षेत्रभित्र खाद्यान्न ढुवानी गर्ने साना तथा ठूला सवारीसाधनको चेकजाँच तथा अनुगमन सुरू गरेको छ ।नगरपालिकाकी उपप्रमुख सीता थापाको नेतृत्वमा उद्योग,वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोक तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसहितको संलग्नतामा खाद्यान्न ढुवानी गर्ने सवारीसाधनलाई लक्षित गरी बन्देउ नाकामा जाँच सुरू गरेको हो । नगर क्षेत्रभित्र भित्रिने खाद्यान्नको गुणस्तर,ढुवानी प्रक्रिया तथा सम्बन्धित कागजातलगायतका विषयमा निगरानी गर्ने उद्देश्य