बारामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • बिहीबार २२ असो २०८३ १२:०१ PM
काठमाडौं : बारामा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार निजगढ नगरपालिका-१२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए।कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधी उपचार गराइएको थियो। राति ८ बजे खाना खाएर सुतेकी सुकुमायालाई आज बिहान ४ बजे उनका श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि मृत्यु भएको जानकारी प्रहरीलाई गराइएको थियो।