ट्रम्पको जिकिर- मलाई नोबेल शान्ति पुरस्कार नदिए समिति नै बदनाम हुन्छ

  • बिहीबार २२ असो २०८३ ०५:३४ AM
वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिए नोबेल समितिकै बदनामी हुने जिकिर गरेका छन्। यही शुक्रबार पुरस्कार घोषणा हुनुअघि बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले आठवटा युद्ध रोक्न भूमिका खेलेको र विश्वलाई ठूलो विनाशबाट जोगाएको दाबी गरे। ‘म आफ्नो प्रशंसा गरिरहेको छैन, केवल तथ्यहरू बताइरहेको छु।