नेपालको उत्तर–मध्य भागमा अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित छ– मनाङ जिल्ला। प्राकृतिक सौन्दर्य, मौलिक हिमाली संस्कृति र बहुमूल्य जैविक विविधताको अनुपम संगम हो, मनाङ। ऐतिहासिक रूपमा ‘मनाङे’ समुदायको साहसिक व्यापारिक यात्रा र हिमाली जीवनशैलीका लागि प्रसिद्ध यो क्षेत्र पछिल्ला दशकमा विश्वप्रसिद्ध ‘अन्नपूर्ण पदमार्ग’ को मुटुका रूपमा स्थापित छ। समुद्र सतहबाट करिब २६ सय मिटरदेखि ५४ सय मिटरसम्मको उचाइमा फैलिएको यो जिल्ला भौगोलिक रूपमा संवेदनशील र वातावरणीय दृष्टिले