काठमाडौं । नेपाललाई अस्ट्रेलियाले विपद् व्यवस्थापन तथा राहतका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा भएको भेटवार्तामा वङले उक्त सहयोगको घोषणा गरेकी हुन् । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको