प्रधानमन्त्री जी ! गृहमन्त्रीलाई तपाईले धोएर धोइन्छ, पखालेर पखालिन्छ ? 

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेशिन जस्तो प्रयोग गरिएको बताएका लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको काम कारबाहीप्रति हाम्रो विश्वास रहेन ।ढाकछोप गरियो । राज्यका तमाम अङ्गहरुलाई वासिङ मेशिन जस्तो प्रयोग गरियो तपाईहरूले धोएर धोइन्न, पखालेर पखालिन्न । दूधको दूध पानीको पानी संसदीय समितिले छुट्याउँँछ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन ।’

उनले भने, ‘हामीले संसदीय छानबिन समिति मात्रै बनाउनुस् अरू केही पनि चाहिँदैन । सरकार तपाईंहरुले चार वर्ष चलाउनुस् समिति बनाउनुस् तपाईहरू नेतृत्व गर्नुस्, हामीलाई गलत साबित गरिदिनुस्, हामी सही छौँ भने हाम्रो कुरा रहन्छ, हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने ? पेल्न खोज्ने ? ’ उनले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।