दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित ‘4G’ सेवा सञ्चालनमा

  • बिहीबार २२ असो २०८३ ०५:३६ AM
काठमाडौं । एनसेलले सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याएको छ । टावर सञ्चालनमा आएसँगै मार्माको लट्टिनाथ क्षेत्रमा फोरजीसहितका दूरसञ्चार सेवा उपलब्ध हुन थालेका छन् । स्थानीय बासिन्दाको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर टावर जडान गरिएको एनसेलले जनाएको छ । नयाँ टावरबाट स्थानीय बासिन्दासँगै अपि हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिका