काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल प्रविधि र जोखिम व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ । बैंकले ‘इन्फोसिस फाइनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्ल्याटिनम अवार्ड पाएको हो । ग्राहकको खाता खोल्ने लगायत बैंकिङ सेवामा जोडिने प्रक्रिया सरल र सहज बनाउने उद्देश्यले सञ्चालन गरेको ‘रिइन्भेन्टिङ कस्टमर