बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च

  • बिहीबार २२ असो २०८३ ०५:५४ AM
नेपाल विद्युत प्राधिकरणका विद्युत महसुल संकलन काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ६० करोड रुपैयाँ खर्च हुने गरेको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यस्ता काउन्टरमा मात्रै बार्षिक ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको छ । अझै पनि करिब ७३ प्रतिशत ग्राहकले भौतिक रूपमा काउन्टरमै पुगेर विद्युत महसुल तिर्ने गरेका छन् ।